सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्कलाई मधेश प्रदेश सरकारले शतप्रतिशत छुट दिने व्यवस्था गरेको जनाइएको छ ।
श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले आयोजना गरेको पत्रकार सम्मेलनमा सवार ीसधानको कर र जरिवानामा लाग्ने शुल्क शतप्रतिशत छुटको व्यवस्था गरिएको बताए । मलंगवामा शनिबार उनले सो ऐन गत मंसिर १९ गते प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको बताए । मन्त्री रायले ऐन अन्तर्गत सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने निर्णय भएको बताए । उनले सो ऐनले एकमुष्ट १५ वर्षको लागि नवीकरण गराउन सक्ने व्यवस्था गरेको र यसका लागि गाडीको मुल्यको मात्र ५ प्रतिशत रकम लाग्ने बताए ।
उनले ल्याएको यस किसिमको ऐन मधेस प्रदेश बाहेक नेपालको अन्य कुनैपनि प्रदेशमा नरहेको र उनले चालिएको कदम ऐतिहासिक रहेको दाबी गर्दै प्रदेशका लाखौं जनताहरु लाभान्वित हुने समेत अपेक्षा लिइएको बताए ।
कार्यक्रममा मन्त्रालयका बरिस्ठ उपसचिव रञ्जितकुमार यादव सहित मधेश प्रदेश अन्तर्गत आठ वटै जिल्लाका यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखहरु र पत्रकार हरुको उपस्थिति रहेको थियो ।