कृषि विकास बैंकले ५८ औँ बार्षिकोत्सव जनकपुरधाममा पनि मनाएको छ ।
कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको कृषि विकास बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता प्राप्त गरेको थियो । सो बैंकले समुदाय र भुगोलसम्म बैंकको आधुनिक बैंकिंग सेवाको पहुँच विस्तार गर्ने क्रममा मुख्य कार्यालयसहित २८२ शाखा कार्याल्यबाट सेवा संचालन भइरहेको जनाइएको छ ।
सो बैंकको २० लाख ३४ हजार ग्राहकबाट २५८ अर्ब निक्षेप संकलन गरी १ लाख ५० हजार ग्राहकमार्फत २०८ अर्ब कर्जा परिचालन गरिएको छ । भने जनकपुरधामस्थित प्रदेश कार्याल्य अन्तर्गतका शाखा कार्यालयमार्फत १ लाख त्रिहत्तर हजार ग्राहकमार्फत ८१६ करोड निक्षेप संकलन गरी २१ हजार ग्राहकलाई १९६८ करोड कर्जा परिचालन गरिएको जनाइएको छ ।
कृषि विकास बैंकको सेवाको प्रभावकारी बजारीकरणको लागि बैंकको ब्राण्ड मार्केटिंग गर्ने बजारीकरण र समन्वयकारी व्यवस्था तयार गरी प्रभावकारी रुप्मा सञ्चालन गर्ने योजना बनाइएको छ ।