२०८१ माघ ९, बुधबार १४:०१

रौतहटको सीमावर्ती इलाकामा नक्कली पेस्तोल देखाएर सर्वसाधारण मानिससँग पैसा माग्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला खडुही ग्राम पञ्चायत ४ का अब्दुल कलाम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतोले बताए।

भारतीय सीमामासँग जोडिएको ईशनाथ नगरपालिका ४ मठीया गाउँ छेउमा आरोपी कलामले मङ्गलवार चाईनिज नक्कली खेलौना पेस्तोल देखाएर सर्वसाधारणसँग पैसा मागिरहेको सूचनाको आधारमा प्रहरी चौकी मठीयाको टोलीले पक्राउ गरेको हो।

आरोपी कलाममाथि मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News