अपडेट 
२०८१ माघ १०, बिहीबार ०७:१२

जनता समाजवादी पार्टी नेपालले प्रदेशसभा अवरुद्ध गर्दै प्रदेशसभा सदस्य सहिदा खातुन र उनको परिवारमाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गरेको छ ।

बुधबार बसेको सदन शुरु हुनु अघि नै जसपा नेपालका सभासदहरुले आफ्नो ठाउँबाट उठेर विरोध गर्दै खातुनमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेका थिए । प्रदेशसभा सदस्य किरण कुमारीले सभासद खातुनमाथि कुटपिट भएको एक महिना एक दिन बितिसक्दा पनि घटनामा संलग्नहरुमाथि कारबाही नभएको भन्दै सदनको कामकारबाही अगाडि नबढाउन सभामुखसँग आग्रह गरेकी थिइन् । उनले भनिन्, ‘पुस ८ गते घरमै सुनियोजित तरिकाले केही आपराधिक व्यक्तिहरुबाट सभासद सहिदा खातुन, उनका श्रीमान र छोरासमेतलाई ज्यान लिनेगरी कुटपिट गरिएको थियो । प्रदेश सरकारको उपस्थिति अहिलेसम्म देखिएन । अहिलेसम्म न सरकार न त प्रदेशसभाले न्यायका लागि पहल गरेको छ । माननीय सहिदाले न्याय पाउनुपर्छ कि पर्दैन

Comment


Related News

Latest News

Trending News