
आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेर एक लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो भने सुनको भाउ एकैदिन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ६० हजार रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलाकाे एक हजार आठ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार आठ सय ९५ रुपैयाँ रहेको थियो ।