२०८१ माघ १०, बिहीबार १२:३७

तीन दिनदेखि ह्वात्तै बढेको काठमाडौं उपत्यकासहित देशभरको तापक्रम बिहीबार रातिदेखि घट्ने सम्भावना छ।

मौसमविद् विनोद पोखरेलले बिहीबार रातिदेखि तापक्रम घट्ने हुँदा चिसो बढ्ने बताए। उनका अनुसार शुक्रबार दिउँसो तापक्रम घट्ने देखिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले केही दिनयता अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए। लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेका कारण तापक्रम बढेको उनले जानकारी दिए।

‘त्यसको पनि असरले तापक्रम बढेको छ। अब तापक्रम बढ्ने समय पनि हुन लाग्यो,’ उनले भने।

न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्ने उनले बताए।

Comment

Related News

Latest News

Trending News