अपडेट 
२०८१ माघ १०, बिहीबार १४:०३

संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा विहीबारदेखि सुरू भएको विधेयकमाथिको दफाबार छलफलका क्रममा सरकारले प्रस्ताव गरेको प्रस्तावनालाई संशोधन गर्ने सहमति भएको हो ।

प्रस्तावित प्रस्तावनामा प्रविधिमैत्री, पारदर्शी, परिणाममुखी, समावेशी शब्द थप गर्ने प्रस्तावमा सहमति भएको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए । उनका अनुसार प्रस्तावनामा परेका ३२ वटा संशोधन पनि यसै सशोधनमार्फत सम्बोधन भएका छन् ।

सरकारले प्रस्ताव गरेको प्रस्तावना यस्तो थियो, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध राजनीतिक रूपमा तटस्थ पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ ।’

Comment


Related News

Latest News

Trending News