२०८१ माघ ११, शुक्रबार ०९:५८

हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ।

तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ। हुस्सु र कुहिरोको कारण तराई/मधेसको जनजीवन प्रभावित भएको छ। विगत केही दिनदेखि मधेस र कोसी प्रदेशका तराईका जिल्लामा राम्ररी घाम लागेको छैन।

देशका बाँकी भूभागको मौसम भने आज मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार आज कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यसका साथै तराईका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

कस्ताे हाेला अबकाे तीन दिन देशभरकाे माैसम?

 

Comment

Related News

Latest News

Trending News