अपडेट 
२०८१ माघ ११, शुक्रबार २०:१२

सनातन धर्मको प्रचार प्रसार गर्ने उद्देश्यले श्री हरि सत्संग समिति नेपालको आयोजनामा जनकपुरधाममा ५ दिने प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

पछिल्लो समयमा गाउँघरमा विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराउने घट्ना बढ्दै गईरहेको समयमा यसलाई रोक्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । सनातन धर्मको प्रचार प्रसार गर्ने उद्देश्यले समितिले ४५ जना शिष्य तथा शिष्याहरुलाई प्रशिक्षण दिन शुरु गरेको हो । भारतबाट आएका चार जना प्रख्यात गुरुहरुले शिष्य शिष्याहरुलाई सनातन धर्मको रक्षा र प्रचार प्रसार सम्बन्धी प्रशिक्षण दिने समितिका जनकपुर सम्भाग अध्यक्ष ललित बजाजले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमलाई उदघाटन गर्दै पूर्व मन्त्री जुली महतोले जनकपुरधाम धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले यो भूमिको विकास तथा प्रचार प्रसार आवश्यक रहेको बताइन् । उनले जनकपुरधाम हामीले भाग्यले पाएको भूमि रहेकाले यसको संरक्षण गर्ने दायित्व हामीहरुकै काँधमा रहेको बताइन् । पूर्वमन्त्री महतोले जनकपुरधामको ऐतिहासिकतालाई बुझेर नै नेपाल सरकारले नीति तथा कार्यक्रममा सीतारामको विवाहस्थल जनकपुरधामलाई वैवाहिक स्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको जानकारी दिए ।

प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले हिन्दु धर्मले सदभावको शिक्षा दिदै आएको बताए । उनले हिन्दु धर्मले सिकाउने यो सदभावको मार्ग सबैले अपनाएर अगाडी बढ्नु अहिलेको समयमा पनि उति नै आवश्यक रहेको बताए ।

Comment


Related News

Latest News

Trending News