अपडेट 
२०८१ माघ १२, शनिबार ०८:३५

सिरहा जिल्लाको एक सामुदायिक विद्यालयमा चरम बेथिति देखिएको छ । बेतलबी बिदा लिएर अष्ट्रेलिया गएकी एक शिक्षिकाको तलब भने निकासा नरोकिएको बेथिति सार्वजनिक भएको छ ।

जिल्लाको गोलबजारस्थित जनता माध्यमिक प्राविधिक विद्यालयका बेतलबी असाधारण बिदामा बसेकी शिक्षिका विमला झाको नाममा तीन लाख रुपैयाँ तलब निकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाका अधिकृत सुवोध लामाले अनियमितता गरेको बेथिति सार्वजनिक भएको छ ।

शिक्षिका झा २०८१ जेठ १० गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवी असाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदा स्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहित गोलबजार नगरपालिकाको शिक्षा शाखामा पठाइएको थियो । शिक्षा शाखाका अधिकृत लामाले पनि सिफारिससहित उनको बिदाको निवेदन जिल्ला शिक्षा समन्वय इकाई सिरहामा पठाए पनि बिदाका लागि स्वीकृति प्रदान गरिएन ।

बिदा स्वीकृति नभए पनि शिक्षिका झा छोरी भेट्न अष्ट्रेलिया गएकी छन् । सोको मौकाको फाइदा प्रधानाध्यापक भरत साहले उनको हाजिरी प्रमाणित गरी नगर शिक्षा शाखामा पठाएर २०८१ असोजसम्मको तलब निकासा गरेको तथ्य सार्वजनिक भएको छ । प्रधानाध्यापक साहले विद्यालयबाट शिक्षिका झाको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा गरेको छ । उनले हाजिरी रजिष्टरमा पनि किर्ते हस्ताक्षरसहितको हाजिरी गरेका छन् । सो विद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएपछि घटना सार्वजनिक भएको छ ।

Comment


Related News

Latest News

Trending News