अपडेट 
२०८१ माघ १३, आईतवार १८:५३

धनुषामा कुष्ठरोगको अवस्था डरलाग्दो रहेको एक तथ्याङकले देखाएको छ ।

७२ औं विश्व कुष्ठरोग दिवसक अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, धनुषाले एनएलआर नेपाल र बीएनएमटी नेपालको सहयोगमा आइतबा आयोजना गरेको कार्यक्रममा प्रस्तुत गरिएको तथ्याङकमा धनुषामा कुष्ठरोगीको अवस्था डरलाग्दो स्थिमी रहेको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक उमेश यादवले कुष्ठरोग बारेको सामाजिक अवधारणाबाट अभैm हामी अगाडि बढ्न नसकेको बताए । कुष्ठरोग निको हुने रोग भएपनि समाजमा कुष्ठरोगीलाई भेदभाव गरिएको स्मरण गर्दै यसतर्फ संचारमाध्यमको ध्यानाकर्षण गराए । धनुषामा कुष्ठरोगको अवस्था डरलाग्दो रहेकाले यसबारे आमजनतालाई सचेत पार्दै अघि बढ्नुपर्ने धारणा उनले राखे । उनले भने ’यसको मुख्य पक्ष भनेको सामाजिक कारणले रोग लुकाएर बस्ने वातावरण हुनु भएन खुलेर परीक्षण तथा उपचार गर्ने वातावरण बनाउन सबैले ध्यान दिनुपर्छ।’ उनले यसको नियन्त्रण तथा उन्मुलन पहुच बढाउनु पर्ने बताउदै यो दिवस जनचेतनाका लागि मनाउने गरिएको तथा यसको समयमै उचारको पहुचमा पुर्याउन सबैले मिलेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रस्तुत तथ्याङक अनुसार मधेशमा प्रति दश हजार जनसंख्यामा २ जना कुष्ठरोग प्रभावित रहेको तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांकमा यो घटेर प्रति दश हजारमा करिब १ जना मात्र कुष्ठरोग प्रभावित रहेको छ । तथ्यांक अनुसार धनुषाको नगराइन नगरपालिकामा सबैभन्दा बढी कुष्ठरोगी रहेका छन् ।

कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लामा कुष्ठरोगीको अवस्थाबारे प्रकाश पारिएको थियो ।

Comment


Related News

Latest News

Trending News