अपडेट 
२०८१ माघ १४, सोमबार ०७:२५

रौतहट जिल्लाको भित्री गाउँका बाटोमा यतिखेर स्थानीय विद्यार्थीहरूले ढाट तेस्र्याएर सरस्वती पूजाका नाममा चन्दा उठाउने गरेका छन् ।

उनीहरू ढाट तेस्याएर सवारी साधन रोकेर जबरजस्ती पैसा असुलिरहेको र पैसा नदिए स्वाभाविक रूपमा आवागमनमा वाधा पु¥याइरहेको सवारीधनीहरूले गुनासो गरेका छन् ।

आगामी माघ २१ मा श्रीपञ्चमीको अवसरमा हुने सरस्वती पूजाका लागि विद्यार्थीहरूले चन्दा माग्न थालेका छन् । पूजाको प्रसाद र मूर्ति बनाउन भन्दै उनीहरूले सानाठूला सवारीसाधन रोकेर जबरजस्ती पैसा माग्ने गरेका हुन् । पैसा नदिए सवारी जानै दिँदैनन् । ढाट तेस्र्याउनेमा सानाठूला विद्यार्थी सहभागी छन् । यतिखेर यहाँका केही विद्यालयका विद्यार्थी पठनपाठन छाडेर ढाट तेस्र्याएर चन्दा उठाउन लागेका छन् ।

चन्द्रपुर नगरपालिकास्थित जुडीबेला माविका शिक्षक रत्न अधिकारीले सरस्वती पूजाका नाममा चन्दा उठाउने संस्कार गलत भएको बताए । विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकले चन्दा उठाउन नहुने भने पनि विद्यार्थीहरूले मानेका छैनन् ।

मुख्य बाटोहरूमा समेत उनीहरू ढाट तेस्र्याएर चन्दा उठाइरहेका छन् । यस्तो बेला सवारी दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकेन्द्र अधिकारीले जनाए ।

Comment


Related News

Latest News

Trending News