वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावासले ७६ औँ गणतन्त्र दिवस धुमधाम साथ मनाएको छ ।
आइतवार बिहान महावाणिज्य दुतवास परिसरमा आयोजित कार्यक्रममा भारतीय महावाणिज्य दुत देवी सहाय मिनाले भारतको राष्ट्रध्वज फहराउनु भएको थियो । यसबर्ष ‘स्वर्णिम भारत–विरासत र विकास’ भन्ने नारासहित भारतले गणतन्त्र दिवस मनाएको छ ।भारतीय महावाणिज्य दुतावासमा आयोजित गणतन्त्र दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका महावाणिज्य दुत देवी सहाय मिनाले गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दुतावासको तर्फबाट गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुका साथै भारतीय राष्ट्रपति श्रीमति द्रोपति मुरमुरले देशको नाम व्यक्त गर्नुभएको सन्देश बाचन गनुभएको थियो ।
गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बीरगंजका ११ वटा विद्यालय र कलेजका १०० भन्दा बढी विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र नृत्यहरू प्रश्तुत गरेका थिए ।जसले गर्दा कार्यक्रममा सहभागी सवैलाई मनमोहक बनाएको थियो ।
कार्यक्रममा भारत सरकारको विदेश मन्त्रालयद्वारा ११ नोभेम्बर देखि ११ डिसेम्बर २०२४ सम्म आयोजित पाँचौं भारतको जानिए क्विजका विजेताहरू तथा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा वाणिज्य दूतावासद्वारा आयोजित चित्रकला प्रतियोगिताका विजेताहरूलाई पनि सम्मान गरिएको थियो ।
गणतन्त्र दिवसको अवसरमामा आयोजित कार्यक्रममा भारतीय दुतावासका पदाधिकारी तथा कर्मचारी,बारा पर्साका सुरक्षा अधिकारी ,उद्योगपति, व्यवसायी, छापा तथा इलेक्ट्रोनिक मिडियाका संचारकर्मि , विद्यालयका शिक्षक, विद्याथी, नागरिक समाज र नेपाल–भारत मैत्री संघका पदाधिकारी सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक उपस्थिती रहेको थियो ।
सन् १९४७ को अगस्ट १५ तारिखमा बेलायती उपनिवेशबाट स्वतन्त्र भएको भारत सन् १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै गणतन्त्रात्मक देश घोषित भएको थियो ।