अपडेट 
२०८१ माघ १४, सोमबार १७:५७

मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान शुरु गरेका छन्। किसान मजदुर आन्दोलन नेपालले आजदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेको हो, जहाँ उनीहरूले सडकमा धर्ना बसेर सडक अवरुद्ध गरेका छन्।

किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाले मिटरब्याजको विरूद्ध आन्दोलनलाई अदालतसम्म फैलाउने योजना रहेको जानकारी दिएका छन्। उनले मिटरब्याजको विरोधमा कानून बनाइए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको र ६० हजार निवेदन मध्ये १० प्रतिशत समस्यासमेत समाधान नगरी असंतोष प्रकट गरे।

महासचिव मनोज कुमार पासवानले भने, सरकारसँगको तीन चरणको वार्तामा सम्झौताका बुँदाहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलन शुरु गरिएको बताए। यस अभियानको उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त संघर्षको लागि जागरूक पार्नु रहेको छ। यसले मिटरब्याज, वित्तीय माफिया, र भू-माफिया विरूद्ध जनचेतना फैलाउने लक्ष्य राखेको छ।

Comment


Related News

Latest News

Trending News