कास्की जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै रास्वपा सभापति रवि लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिनुभएको छ ।
सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गराउनुभएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
उच्च अदालत पोखरामा निवेदन दिएपछि सञ्चारकर्मीको जिज्ञासमा लामिछानेले आफुले बोल्ने समय आएपछि बोल्ने प्रतिक्रिया दिनुभयो । आम नागरिकले बोलेका कुरा नै आफ्नो कुरा रहेको उहाको भनाइ छ ।
यता ६५ लाख धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेश बदर गरि थुनामा राख्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले यसअघि नै उच्च अदालत पोखरामा निवेदन दर्ता गरिसकेको छ ।