अपडेट 
२०८१ माघ १४, सोमबार १८:०६

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले बृहत् मोर्चा बनाउनका लागि संवाद गर्न कार्यदल बनाएको छ।

रामनरेश रायको संयोजकत्वमा राष्ट्रिय मुक्ति मोर्चाले गठन गरेको कार्यदलमा सुमन सायमि, केशव झा, सन्तोषकुमार मेहता, अनिलकुमार महासेठ, सिएन थारू, जुनतारा पुनमगर छन्।

परिणाममुखी संघर्षका लागि राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको राष्ट्रिय मुक्ति पार्टीको भनाइ छ।

राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरूबीच संयुक्त बृहत् मोर्चा आवश्यक रहेको उक्त पार्टीको निष्कर्ष छ।

यस्तो छ विज्ञप्ति:

35def0d6-b71c-4975-b7d4-dd2851db6902-1737973872.jpg

Comment


Related News

Latest News

Trending News