अपडेट 
२०८१ माघ १५, मंगलवार ०९:०७

दुवै मृगौला काम नगर्ने भइ उपचाररत श्रीमतीको ज्यान बचाउन श्रीमानले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौला रोगले पीडित सप्तरीको राजविराज नगरपालिका– ९ स्थित मलेठकी ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन श्रीमान ४५ वर्षिय पाचु सुतिहारले यस्तो याचना गरेका छन् ।

साइकलमा श्रीमती बोकेर विगत २ महिनादेखि घरबाट ३ किलोमिटर टाढा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा हप्ताको ३ दिन डायलासिस उपचारका लागी पुग्ने गरेका पाचुले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन् । उनका अनुसार ललिताको तीन वर्ष पहिले पेट र मुटु दुखेको थियो । सुरुमा राजविराज, धरान र विराटनगरमा भएको उपचारले खासै सुधार हन सकेन । त्यसपछि काठमाण्डौ र भारतको दिल्ली सम्म लगी उपचार गराइएको थियो ।

त्यहाँ उपचारका त्रममा दुवै मृगौलाले काम नगरिरहेको पत्ता लागेको थियो । उनका अनुसार उपचारमा अहिलेसम्म ७ लाख रुपैया खर्च भइसकेको छ । चिकित्सकले तत्काल उनको मृगौला प्रत्यारोपण गराउन सुझाव दिएको श्रीमान पाचुको भनाइ छ । ललिताका अनुसार ६४ वर्षिय बुवा लक्ष्मणले मृगौला दिन लागेका हुन ।

अहिले सम्मको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार बुआ लक्ष्मणले मृगौला दिन मिल्ने देखिएको चिकित्सकहरुको भनाई रहेको ललिताले सुनाइन् । भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागी नाम दर्ता गराए पनि रकम अभावमा लिएर जान नसकेको पाचुले बताएका छन । “चिकित्सकले मृगौला प्रत्यारोपणमा लाग्ने खर्च र तत्काल खाने औषधि समेत गरी करिब ११ लाख रुपैया लाग्ने, भनेका छन, पाचुले भने–डायलासिसका लागी अस्पताल सम्म पु¥याउन अटो भाडा सम्म नहुदाँ श्रीमतीलाई साइकलमा बोकेर लैजानु परेको बेला त्यत्रो ठूलो रकम जोहो गर्नू त कल्पनै गर्न सकिन्न ।”

उनी फर्निचर उधोगमा काम गर्ने मजदुर हुन । सामान्य आर्थिक अवस्थामा ऋण सापटी लिएर अहिलेसम्म उपचार गराउन सकिएको उनको भनाई छ । श्रीमतीको यस्तो अवस्था भएपछि दुई सन्तानको पढाई पनि रोकियो, काममा पनि फर्किन सकिएन र अहिले घर व्यवहार पनि चलाउन समस्या छ, उनले भने–श्रीमती बचाउने अन्तिम प्रयासमा भए भरको घर र सबै सम्पति सकियो, अब कुनै उपाय रहेन ।” आप्mनो पत्नीको जीवन रक्षाका लागि सबंैसँग सहयोगको हात फैलाउँदै उनले सहयोग गर्न चाहने इच्छुक ब्यक्तिले पीडितको नाममा माछापुच्छ«े बैंकमा रहेको खाता नं. ०५३०९८६२३२७०००१८ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह समेत गरेका छन । त्यसै गरी मोबाईल नं ९८१९७४०८१८ मा पनि सम्र्पक गर्न उनले आग्रह गरेका छन् ।

Comment


Related News

Latest News

Trending News