२०८१ माघ १८, शुक्रबार ०८:२१

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र हेलिकोप्टर ठोकिएर खसेको स्थानबाट ४० भन्दा बढी शव निकालिएको छ।

चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्।

दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन्। र, अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिसकिएको सीएनएनले जनाएको छ।

वासिङ्टन पोस्टका अनुसार आकासमा ठोकिएर विमान र हेलिकप्टर खसेको पोटोम्याक नदी अमेरिकाको मध्य–एट्लान्टिक क्षेत्रको एक प्रमुख नदी हो।

यो नदीको पानी यति चिसो छ कि त्यहाँ पसेको मानिस जीवित निस्किन गाह्रो छ।

Comment

Related News

Latest News

Trending News