२०८१ माघ १८, शुक्रबार १४:१३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।

संसद सचिवालय पुगेका लामिछानेले समाभुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाएका हुन्।

उनले निलम्बन गैरकानूनी र प्रतिनिधि सभा नियमावली विपरीत रहेको दाबीसहित फुकुवाका लागि आग्रह गरेकाे सभापति लामिछानेको सचिवालयले जनाएको छ।

उनले सभामुखसमक्ष बुझाएकाे निवेदनमा अदालतले आफूलाई  थुनामुक्त गरेकाे  उल्लेख गरेका छन् ।

सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

राजनीतिक प्रतिशोध राखेर सांसद पद निलम्बन गरेको भन्दै रास्वपाले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विरोध जनाउने यसअघि नै निर्णय गरिसकेको छ।

Comment

Related News

Latest News

Trending News