२०८१ माघ १८, शुक्रबार १८:५९

भगवान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

मारवाडी सेवा समितिमा आयोजना गरेको कार्यक्रममा सफलताका साथ १२ औ वर्षमा प्रवेस गरेकोमा सहभागीहरुले संस्थाको प्रगतीप्रति बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मारवाडी सेवा समितिका अध्यक्ष निमर्ल चौधरीले सहकारीको मुख्य लक्ष्य सानो लगानीलाई एकीकृत गरेर अगाडी बढ्ने रहेको र यस लक्ष्यमा संस्था अगाडी बढेकोमा बधाई ज्ञापन गरेका थिए । उनले सहकारी अहिलेको अवस्थामा विवादमा आएको र यसै काण्डमा पुर्व गृहमन्त्री रवि लामिछाने पनि मुछिएकोले यसप्रति सजग हुन उनले आग्रह गरेको थिए । सरकारकै नाकामीका कारण अहिले जनतामा वितृष्णा बढेकोले सबै सदस्यहरु इमान्दार भएर सहकारीलाई अगाडी बढाई जनताको मन जित्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

कार्यक्रममा राष्टिय मुक्ती पार्टीका नेता तथा हिन्दी अभियानी रमण पाण्डेले सहकारीको अर्थ नै सहकार्य भएकोले सहकार्यप्रति सबै शेयर सदस्य इमान्दार भएर चिन्तित हुनु् आवश्यक रहेको बताए । लगानीलाई अगाडी बढाउदै प्रतिफलमा सबैलाई साझेदार बनाउनुपर्छ,सहकारी एउटा परिवार जस्तै रहेको हुन्छ,त्यसकारण पारदर्शितालाई आफनो हतियार बनाएर अगाडी बढे निश्चय नै सफलता पाउने छ ,उनले भने । त्यसैगरि राष्टिय मुक्ती पार्टीका नेता संजय चौधरीले सहकारी अहिले कान्डै कान्ड मा रहदा अहिले सहकारी प्रती जनताको मोह कम भएको बताए । त्यसकारण सहकारी प्रति जनता को हटेको मोह लाई पुनः ल्याउन इमानदारी का साथ अगाडि बढनु आबस्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा संस्थाका सभाध्यक्ष सुजित कुमार झाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका कोषाध्यक्ष रामकृपाल साह,संस्थाका प्रमुख सदस्यहरु प्रमोद श्रीवास्व,गौतम अग्रबाल लगायत शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाले १२ वर्ष देखि उतकृष्ट सहकारी संस्थाको रुपमा कार्य गर्दै आएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News