अपडेट 
२०८१ माघ १९, शनिबार ०७:४२

पटक पटक ठगी धन्धा भइरहेको घटना सार्वजनिक भइरहेकै बेला आइटी पढ्ने विद्यार्थीहरुको एक समूहले अनलाइनबाट अर्बौ रुपैयाँभन्दा बढी ठगेको देखिएको छ । अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जना भारतीयसहित सात जनालाई प्रहरीले पक्राउ गरे पछि सो तथ्यको खुलासा भएको छ ।

म्युटर इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरुको एक समूहले डेढ वर्षदेखि ठग्दै धन्धा चलाउँदै आएको खुलासा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो ठगी धन्धाको काममा संलग्न रहेको आरोपमा रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी, कैलालीका २२ वर्षीय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईलाई पक्राउ गरेको जनाइएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले सो घटनामा भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमारलाई पनि पक्राउ गरेको बताए । प्रवक्ता शाहीले हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको बताए । उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ । उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका छन् ।

सामाजिक सञ्जालहरूमा अनलाइन जागिरको नाममा आममानिसहरूलाई रोजगारी दिने भन्दै उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने गरेको अनुसन्धानबाट देखिएको उनले बताए । प्रवक्ता शाहीले अनलाइन ठगी धन्धाबाट जम्मा गर्नका लागि रकम संकलन गर्ने गरेको समेत बताए ।

Comment


Related News

Latest News

Trending News