२०८१ माघ १९, शनिबार १०:०८

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न आजदेखि बस्दैछ।

शनिबार बिहान ११ बजेदेख पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक सुरू हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बैठक आइतबारसम्म चल्नेछ।

बैठकमा जसपाले जनतासँग जोडिने उद्धेश्यका साथ सुरू गर्न लागेको विभिन्न अभियानबारे छलफल हुनेछ।

जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल हुने बस्नेतले जानकारी दिए।

बैठकमा पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको पनि बस्नेतले जानकारी दिए।

Comment


Related News

Latest News

Trending News