
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टीका दुई प्रदेश इन्चार्ज हेरफेर गरेको छ ।
माओवादीको सोमबार बसेको पदाधिकारी बैठकले मधेशमा उपमहासचिव मात्रिकाप्रसाद यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए ।
त्यस्तै बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ। यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।
अन्य प्रदेशमा भने प्रदेश इन्चर्जाहरू यथावत नै रहेका छन् । कोशीमा हरिबोल गजुरेल, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपानी खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपरिश्चममा गिरिराजमणि पोखरेल इन्चार्ज रहेका छन् ।
त्यस्तै विशेष प्रदेश इन्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामिण पोखरेल, प्रवास यूरोप–अमेरिका इन्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा चयन गरिएको छ ।