२०८१ माघ २२, मंगलवार १६:०९

नेपाल प्रहरीको साइबर ब्युरोकै नक्कली इमेल बनाएर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीकै उच्च अधिकारीको नाम/दर्जा र साइबर ब्युरोको नक्कली इमेल बनाउने दुई जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एवं एसपी दिपकराज अवस्थीले जानकारी दिए।

पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिकाका २० वर्षीय मनिषकुमार मेहता र देवानगंजकै २१ वर्षीय इन्द्रजित यादव छन्।

उनीहरूले नक्कली इमेलमार्फत डरमा पारेर ठगेको ब्युरोले जनाएको छ। उनीहरूमाथि प्रहरीले विद्युतीय माध्यमबाट ठगी गरेको कसुरमा अनुसन्धान अघि बढाएको छ।

Comment

Related News

Latest News

Trending News