अपडेट 
२०८१ माघ २२, मंगलवार १७:०४

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय तहलाई बन्द तथा समायोजन भएका विद्यालयको विवरण पठाउन निर्देशन दिएको छ। विकास केन्द्रले सूचना जारी गर्दै उक्त विवरण पठाउन निर्देशन दिएको हो।

विकास केन्द्रले बन्द तथा समायोजनका कारणले सञ्चालनमा नरहेका विद्यालयहरु भए सोको विवरण माघ मसान्तसम्ममा तोकिएको ढाँचाअनुसार पठाउनु भनेको छ।

विकास केन्द्रका अनुसार एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यालयको आइएमआइएस कोड कायम भएका तर हाल विद्यार्थीको लगायतका अन्य विवरण नभएका विद्यालयको सूची केन्द्रको वेबसाइटमा प्रकाशन गरिएको छ।

‘उक्त सूचीमा रहेका र अन्य विद्यालयहरू जुन बन्द तथा समायोजनका कारणले सञ्चालनमा नरहेका भए सोको विवरण मिति २०८१ साल माघ मसान्तसम्म तोकिएअनुसार ढाँचामा यस शाखाको इमेलमा पठाइदिनुहुन निर्णयानुसार अनुरोध छ,’ सूचनामा उल्लेख।

Comment


Related News

Latest News

Trending News