२०८१ माघ २३, बुधबार ०७:३५

नेपाललाई औधी रुचाउने भारतीयहरुलाई सडक दुर्घटनाले निराश बनाउँदा पछिल्लो समय घुम्न आउने संख्यामा निकै कमी आएको छ ।

नेपालमा पहिरो आउँदा दुई वटा बस त्रिशूली नदीमा खसेर कम्तीमा ६२ यात्रु बेपत्ता भएको थियो भने ९ जना भारतीय नागरिकले ज्यान गुमाए पछि सो परिणाम देखिएको छ । अंग्रेजी तारेख २०२४ तर्फमा एक महिना नपुग्दै पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनीमा भारतीय पर्यटक बोकेको बस नदीमा खसेको थियो । ऐना पहरामा भएको यो दुर्घटनामा पनि २६ भारतीयको घटनास्थलमै मृत्यु भएको थियो ।

यस वर्ष भएको वर्षातमा भएका दुई ठूला दुर्घटनामा परेका कतिपय भारतीयको त अझै पनि शव भेटिएको छैन । सन् २०२४ को अगस्टबाट भारतीय पर्यटक निरन्तर घट्दै गइरहेका छन् भने सन् २०२५ को जनवरीसम्म अहिलेसम्म नरोकिएको तथ्यांकले देखिएको छ । गत वर्ष अगस्ट महिनामा भारतीय पर्यटक ३.१ प्रतिशतले घटेका थिए । नेपाल महंगो गन्तव्यको पहिचान बनाउँदा भारतीयसँगै एसियाली मुलुकबाटै नेपालमा आउने पर्यटक घटेका छन् ।

Comment


Related News

Latest News

Trending News