
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल कुमार यादव पुरस्कृत भएका छन् ।
चुरे अभियन्ता यादवलाई मंगलबार नेशनल सोशल वेल्फेयर एवार्ड २०२४ बाट सम्मानित गरिएको छ । चुरे भावर तथा वन विनाश संरक्षणका लागि मुल्यवान योगदान गरेवापत यादवलाई शिल्ड र सम्मानपत्र सहित भिजन मिडियाले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा सम्मानीत गरेको छ । चुरे वनजंगल संरक्षण र भुमिहिनको अधिकार प्राप्तीका लागि अभियन्ता यादव विगत सात वर्ष देखि निरन्तर अभियान चलाउदै आएका छन् ।
वन जंगल वचाउनका लागि मधेश प्रदेश स्तरिय ज्ञापनपत्र बुझाउने देखि लिएर सडक आन्दोलन सम्म गर्दै आएका अभियन्ता यादव मधेश पानी विहिन वन्दै गएको भन्दै संघिय सरकारसंग पानी मागगर्दै सप्तरी देखि पैदल यात्रा गर्दै काठमाण्डौ पुगेर एक महिना सम्म संघिय राजधानीमा शान्तिपुर्ण आन्दोलन गरेपछि मुलुकको नजर चुरे अभियन्ता यादव तर्फ परेको थियो ।
वर्षो देखि भुमि अधिकार विहिन रहेका भुमिहिन गरिबहरुले भुमी प्रति अधिकार पाउनुपर्ने भन्दै पटक पटक मधेश सरकारलाई ध्यानाकषर्ण गराउन विभिन्न किसीमको सडक आन्दोलन देखि लिएर रिले अनसन र आमरण अनसन सम्म बसिसकेका छन् ।