
संसदीय मामिला पत्रकार समाज मधेश प्रदेशको अध्यक्षमा वीरेन्द्र रमण सर्वसम्मत रुपमा निर्वाचित भएको छ ।
जनकपुरधाममा बुधबार समाजको भेलाबाट नयाँ कार्यसमिति गठन गरिएको छ । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा हद्दिश खुद्दार, सचिवमा विकास साह, सह–सचिवमा कमलेश ठाकुर, कोषाध्यक्षमा लक्ष्मी चौधरी रहेका छन् भने सदस्यहरुमा नवीन सिंह, राजा झा, माला राय, चाँदनी झा, संजय साह र संजय यादव रहेका छन् ।