२०८१ माघ २४, बिहीबार १४:०८

जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशका बिषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको जसपा नेपाल संसदीय दलको बैठकले अध्यादेशको पक्षमा कि विपक्षमा रहने भन्ने बिषयमा पुनः आन्तरिक छलफल गरेर निर्णय लिने निष्कर्ष निकालेको हो । बैठकपछि जसपा नेपालकी प्रमुख सचेतक रेखा यादवले बिहीबारको संसद बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएकाले पुन आन्तरिक छलफल गरेर निर्णय लिइने जानकारी दिनुभयो । बैठकमा जसपा नेपाल अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको थियो । प्रमुख सचेतक यादवले भूमि सम्बन्धी अध्यादेशमा केहि आशंका रहेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

अध्यादेशका बारेमा जसपा नेपाल अनिर्णित भएपछि अन्तिम समयमा सरकार अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारीबाट पछि हटेको हो ।

Comment


Related News

Latest News

Trending News