अपडेट 
२०८१ माघ २४, बिहीबार १६:५९

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक राजकिशोर यादवले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

जसपाले अध्यादेशको पक्षमा कि विपक्षमा भनेर निर्णय गरिसकेको छैन । सत्तारूढ दलका नेताहरूले भने जसपा अध्यादेशको पक्षमा उभिने दाबी गर्दै आएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा र १ः१५ मा बस्ने तय भएको राष्ट्रियसभामा ६ वटा अध्यादेश स्वीकृतका लागि निणयार्थ प्रस्तुत हुँदै छन् । राष्टियसभामा उपेन्द्रको पार्टी निर्णायक छ ।

Comment


Related News

Latest News

Trending News