२०८१ माघ २५, शुक्रबार १०:०१

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन्।

प्रधानमन्त्रीले शुक्रबार दिउँसो एक बजे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामासँग संवाद गर्न लागेका हुन्।

त्यस्तै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रकुमार पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहसँग भर्चुअल संवाद गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे संवाद गर्न लागेको उनको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यालयको एक्सन रूमबाट संवाद गर्नेछन्।

Comment

Related News

Latest News

Trending News