![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/01/jasapa-nepal.png)
जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन निर्माण अभियानलाई निरन्तरता दिने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ‘जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान’ लाई निरन्तरता दिने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरूले कार्यप्रगति विवरणको लिखित प्रतिवेदन प्रस्तुत गरेको र उक्त अभियान उपलब्धिमूलक भएको पार्टीको निष्कर्ष निकालेको उनको भनाइ छ ।
उनले भने, ‘अभियानले पार्टीमा ऊर्जा र उत्साह बढाउनुका साथै जनतामाझ पार्टीको विश्वास र भरोसा अभिवृद्धि गरेको भन्दै पार्टीले अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ ।’
जसपा नेपालले अभियानलाई निरन्तरता दिने निर्णयसहितको परिपत्र मातहत समितिलाई पठाइसकेको छ ।