![](https://ejanakpurtoday.com/wp-content/uploads/2024/11/janakpur-vat-office.webp)
आन्तरिक राजश्व कार्यालय जनकपुरधामले बहुमुल्य धातु (सुनचांदी)विक्री वितरणमा कडा निगरानी गर्ने भएको छ ।
कार्यालयले जनकपुरधाम र बर्दिबास लगायतको बजारमा बहुमुल्य धातु (सुनचांदी)को व्यापारीमा राजश्वको कडा अनुगमन गर्ने भएको हो । कार्यालय प्रमुख आनन्द कुमार गुप्ताले राजश्व कार्यालयले अनुगमनमा तिव्रता बनाउने भएकोले कानुन बमोजीमनै काम गर्न सम्पुर्ण सम्वन्धित व्यवसायीहरुलाई अनुरोध गरेका छन् ।
बहुमुल्य धातुको कारोबारमा अनुगमन नहुँदा गैर कानुनी क्रियाक्लाप बढ्दै गएको गुनासोहरु बढ्दै गएपछि आन्तरिक राजश्व कार्यालय जनकपुरधामले कडा अनुगमन गर्ने भएको जनाइएको छ ।