
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सरकार र जनताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै विरोध गरे । ओली दुनियाँलाई ठग्नका निम्ति प्रधानमन्त्री बनेको आरोप समेत उनले लगाए । ओली सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नमा केन्द्रित भएको उनको भनाइ थियो ।
उनले संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।
उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगाएतमा सरकारको ध्यान जान नसकेको उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले यसअघिको सरकार बदल्नुपर्ने कुनै औचित्य र कारण नरहेको भन्दै ओलीले पदका लागि नयाँ गठबन्धन गरेको धारणा राख्नुभयो ।
उहाले नयाँ सरकार बनाउनका लागि संविधान संशोधनको बहाना बनाइएको टिप्पणी गर्नुभयो । २०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनाइमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उहाको भनाइ छ ।
अध्यक्ष नेपालले मुलुक सञ्चालक गर्ने कुरामा प्रधानमन्त्री ओली गम्भीर नदेखिएको बताउनुभयो ।
उहाले पार्टीभित्र नकारात्मक टिप्पणी गर्ने प्रवृति बढेको भन्दै नकारात्मक टिप्पणी गर्नेहरुले नै पार्टीलाई सिद्धाउने खतरा रहेको जिकिर गर्नुभयो ।