अपडेट 
२०८१ माघ २७, आईतवार ०८:१९

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक अगावै पदाधिकारी र कार्यकारिणी समितिको संख्या थप्ने तयारी गरेको छ ।

पार्टी स्रोतका अनुसार कार्यकारिणी समितिमा कम्तीमा १० जना सदस्य थपिने र केही पदाधिकारीहरु समेत थप्ने तयारी गरिएको छ । पार्टीको महाधिवेशनमा पदाधिकारी र कार्यकारिणी समितिको मतदान रोकेर पार्टी अध्यक्ष उपेन्द्र यादवले मनोनयन गरेपछि उत्पन्न असन्तुष्टिलाई मत्थर बनाउन पदाधिकारी र कार्यकारिणी सदस्य थपिन लागिएको छ ।

पद नपाए पनि पार्टी नछाडेका कयौँ नेताहरु निष्कृय रहेका छन् । अध्यक्ष यादवले त्यस मध्ये केही नेतालाई पदाधिकारी र कार्यकारिणी समितिमा समावेश गर्ने स्रोतले जनाएका छन् । थपिने पदाधिकारी र कार्यकारिणी सदस्यको निर्णयलाई केन्द्रीय समितिको बैठकबाट अनुमोदन गरिने स्रोतले जनाएका छन् । एजेण्डा तय गरेको छ ।

आगामी फागुन १९, २० र २१ गते काठमाण्डुमा केन्द्रीय समितिको बैठक बस्ने तय भएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुने बताइएको छ । बैठकमा पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रमा भएका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको साङ्गठनिक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित रहने उनले बताए ।

Comment


Related News

Latest News

Trending News