![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/IMG_20250207_161444.webp)
नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अघि बढाउन माग गर्दै बीरगन्जमा ¥यालीको आयोजना गरिएको छ । र अस्पतालबाट शुरु गरिएको ¥यालीमा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
¥याली नगरको परिक्रमा गरि घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरेका थिए ।
झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै भवन निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउन माग गरे । उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगञ्जसहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
¥यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताए । नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगञ्ज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताए ।
यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूले पनि अस्पतालको भवन सम्बन्धी मुद्दा अदालतबाट छिट्टै छिनोफानो लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए भने हिजो जनमत पार्टीले पनि केही बेरका लागि घण्टाघर अगाडि चक्का जाम गरेर अस्पतालको विषय उठाउँदै नाराबाजी गरेको थियो ।