अपडेट 
२०८१ माघ २८, सोमबार ०८:१७

धनुषाको कमला नगरपालिका– २ स्थित माची झिटकोहिया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको छ । रोहित राहत शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेपछि विवाद भएको थियो । सोही विषयमा विवाद चर्केपछि उनीहरुबीच कुटाकुट भएको थियो ।

शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक स्थानीयले बताए । उनले विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ ।

मेयर विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी पाएको बताए । मेयर यादवले भने, ‘एक शिक्षकको बुवाको निधन भएको छ । उनले पेश्की मागेका थिए ।

सो विषयमै विवाद भएको छ । अहिले वडाध्यक्षलाई बुझ्न पठाएको छु ।’ वडाध्यक्ष ठक्कु यादवले जनाए अनुसार बुवाको निधन भएकाले शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए । तर प्रधानाध्यापक अहिले तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि दुवै जनाबीच विवाद भएको थियो ।

आफू विद्यालय पुगेर दुवै जनालाई सम्झाइबुझाई अहिले भर्खर आएको उनले बताए । २५ हजार पेश्की लिन नचाहेको र समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमै लागेको शिक्षक यादवको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News