![](https://ejanakpurtoday.com/wp-content/uploads/2025/02/20250210_111852-scaled.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश राष्ट्रियसभाबाट पारित सहजै हुने अवस्था नरहेको बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताको लागि आफ्नो सिद्धान्त छाडेर छानेजस्तो नलागेको बताए ।
उनले भने, ‘विधि र प्रक्रियासँग सम्बन्धित बिषयमा उहाँहरू अहिलेसम्म उडिनुभएको छ । उहाँहरू आफ्नो मुद्दा छाडेर खाली सत्ताको लागि जानुहुन्छ जस्तो लाग्दैन । उहाँहरूले निर्णय गर्न बाँकी छ । केन्द्रीय समिति बैठक बोलाउनुभएको थियो । रोकिएको छ । उहाँहरूले आफ्नो अडान छाड्नुभएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’
उनले सरकारले गलत नियतले अध्यादेश ल्याएकाले राष्ट्रियसभामा रोकिएको दाबी गरे ।