![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/07/gold.jpg)
सुनको भाउ आज एकैदिन एक हजार चार सय रुपैयाँले बढेको छ ।
सुन आज एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको थियो । पछिल्लो समय सुनको भाउ लगातार बढीरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ६० रुपैयाँमा कायम भएको थियो ।