अपडेट 
२०८१ माघ २८, सोमबार १५:५२

सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्। एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटको प्रमुखको रूपमा जिम्मेवारी सम्भालेका हुन् ।

सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्भालेका हुन् । २०६० सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी बिक्रम हुमागाईंको सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरी सरुवा भएको छ।
यसैबीच नव आगन्तुक सशस्त्रका एसपी सन्तोष बस्नेतलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले सम्मान सहीत स्वागत गरेकी छिन्। सोमवार मेयर साह सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गौर पुगेर एसपी बस्नेत लाई खाँदा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताको अग्रिम शभकामना दिएकी छिन्।

Comment


Related News

Latest News

Trending News