अपडेट 
२०८१ माघ २८, सोमबार १८:२४

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले महगी बढे अनुसार सरकारले कर्मचारीहरुको तलब भत्ता बढाउनुपर्ने धारणा राख्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नु पर्ने बताउनुभएको छ । उनले सरकारी कर्मचारीले अहिले पाउने तलबले आफ्नो छोराछोरीको पढाई, घरपरिवारको स्वास्थ्य, खाना, लत्ता कपडा लगायतको खर्च धान्न नसक्ने रहेका कारण भ्रष्टाचार बढ्दै गएको बताउनुभयो । कर्मचारीलाई खान लाउन र घरपरिवार चलाउन धौ धौ हुँदा भ्रष्टाचार गर्ने बाटो अपाउनु परेहको मुख्यमन्त्री सिंहले जनाए ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । उनले परिवारबाद, कृपावाद र चाकरी प्रथाले योग्य कर्मचारीको ठाउँमा भ्रष्ट कर्मचारीहरुले कार्यालय कब्जा गरेको भन्दै सरकारले गम्भीर भएर यस्ता समस्याको समाधान कानुन बनाएर समाधान गर्नुपर्ने धारणा राखे । सभामुख मण्डलले भ्रष्टाचारको जर परिवारमुखी शिक्षा रहेको उल्लेख गरे । उनेल परिवारका अभिभावकको दबाबमा शिक्षा आर्जन गर्नुको साटो राष्ट्रमुखी शिक्षाको धारणा लिएर अघि बढ्न सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News