२०८१ माघ २९, मंगलवार ०८:०८

नेपाली काँग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेश प्रदेशको वर्तमान मुख्यमन्त्री सबैभन्दा असफल भएको गम्भीर आरोप लगाए ।

अहिले सम्म कुल बजेको ४० प्रतिशत खर्च भईसक्नुपर्ने तर विकासको नाममा केही गर्न नसक्ने खाली भाषणमै सिमित भएको हुँदा विकासे बजेट खर्चको प्रतिशत शुन्य रहेकोमा दुख व्यक्त गर्दै अहिले सम्मका मुख्यमन्त्रीहरुको सूचीमा सबैभन्दा असफल मुख्यमन्त्री सतिश सिंह रहेको गम्भीर आरोप लगाएका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनको जिल्ला अधिवेशनलाई सोमवार जिल्ला समन्वय समितिको सभाकक्ष गौरमा सम्बोधन गर्दै प्रचार विभाग प्रमुख गुप्ताले जब सम्म नेपाली काँग्रेसको नेतृत्वमा मधेश सरकारको निर्माण हुँदैनन् तब सम्म मधेश प्रदेशमा विकासको लहर आउदैन उनले ठोकुवा गरे ।

भ्रष्टाचार, लुटतन्त्र, कमिशन चक्करमा रहेका वर्तमान सरकारको कार्य नीतिबाट मधेशमा विकासको नममा भ्रष्टाचार मौलाउदै गएको बताए । कर्मचारीहरुमा एकरुपता हुनुपर्नेमा जोड दिदै नेपाली कर्मचारी प्रति हाम्रा सरकार उदाशिन रहेको बताउदै उनले मुलुकबाट भ्रष्टाचारको अन्त्यका लागि कर्मचारीहरुको तलबमा उल्लेखनिय वृद्धि गरिनुपर्ने स्पष्ट पारे ।

साना साना कर्मचारीलाई अख्तियारले समाउने तर ठूल ठूला सचिवहरुलाई संरक्षण गरेको हुँदा नेपालमा अख्तियार प्रतिको विश्वासमा ह्रास आएको समेत चर्चा गरे । कर्मचारी युनियनको जिल्ला अधिवेशन पूर्ण रुपमा सफल बनोस र अधिवेशनको नीतिलाई पूर्ण रुपमा प्रतिफल प्राप्त होस भने शुभकामना विभागीय प्रमुख गुप्ताले दिए ।

Comment


Related News

Latest News

Trending News