
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस दिनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दाका प्रतिवादी दिपेश यादवविरुद्ध ७८ हजार बिगो कायम गर्दै सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो । बाराको सिम्रौनगढ नगरपालिका– ११ का यादव हुन् ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी वीरेन्द्र साह कानुन भएको घुस/रिसवत लिइ भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रुपमा यादवलाई अनुसन्धान अधिकृतसमक्ष पेश गरिएको थियो। उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयान कागजको प्रतिकूल हुनेगरी बकपत्र दिएपछि उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अनुसन्धान हुँदा निज यादवले वकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान व्यहोराको प्रतिकूल हुनेगरी बकपत्र गरेको पुष्टि हुन आएपछि उनीविरुद्ध आज विशेष अदालतमा आरोप –पत्र दायर गरेको अख्तियारले जनाएको छ । प्रतिवादी साह कानुनलाई रकम भुक्तानी दिए वाफत घुस/रिसवत रकम ७८ हजार दिएको कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ को उपदफा (३) बमोजिमको कसूर भएको हुँदा यादव र साहलाई ७८ हजार बिगो जरिवाना र सजायको माग गरिएको छ ।