
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ कदम चौकका ५६ वर्षीय विश्वनाथ महतो भारत बिहार राज्यको सिमरिया गंगा घाटमा हराएका छन् ।
पारिवारिक धार्मिक कार्य अन्तर्गत गंगा नदीमा मानव अस्तु (अस्थी) विसर्जन गर्न गएको बेलादेखि उनी बेपत्ता भएका हुन् ।
माघ १० गतेका दिन महतो गंगा नदीको किनारमा पुगेका थिए । विसर्जनको कार्य सम्पन्न भएपछि परिवारले महतोलाई घाटमा फेला पार्न सकेनन् । विभिन्न स्थानमा खोजतलास गरिए पनि हालसम्म उनीबारे कुनै जानकारी प्राप्त भएको छैन ।
परिवारले स्थानीय प्रहरीलाई घटनाबारे जानकारी गराइसकेका छन् । भारतको सिमरिया गंगा घाटमा खोज कार्य भइरहेको भए पनि महतोको कुनै सुराग भेटिएको छैन ।
परिवारजनले सार्वजनिक रुपमा महतोको खोजीमा सहयोग गरिदिन सबैलाई अनुरोध गरेका छन् । कसैलाई महतोको अवस्थाबारे पत्ता लागेमा नजिकको प्रहरी चौकी वा ९८४४०२५१६९ / ९८४४०३७१३० नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
विश्वनाथ महतोको खोजी कार्यमा सहयोग गर्न अपिल गर्दै परिवारले स्थानीय समुदाय, प्रहरी प्रशासन तथा सरोकारवालालाई सहकार्य गरिदिन आग्रह गरेका छन् ।