अपडेट 
२०८१ माघ ३०, बुधबार १२:३०

दुईवटा बाहेक सबै वाणिज्य बैंकले फागुनको लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन्।

वाणिज्य बैंकहरूले माघमा व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसत ६.००१ रहेकोमा फागुनमा पनि ६.००१  छ।

२० वाणिज्य बैंकमा दुई वटा बाहेक अन्य सबैले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत् राखेका हुन्।

लक्ष्मी सनराइज र ग्लोबल आइएमई बैंकको ब्याजदर सामान्य परिर्वतन भएको हो।

लक्ष्मी सनराइजले यसअघि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशतसम्म ब्याजदर दिइरहेकोमा अब ५.५० प्रतिशत दिने भएको हो।

त्यस्तै,  ग्लोबल आइएमई बैंकले ५.७५ प्रतिशत दिइरहेकोमा अब ६ प्रतिशत ब्याजदर दिने भएको हो।

अहिले सबैभन्दा उच्च ब्याज एनआइसी एसिया र एनएमबी बैंकमा पाइन्छ।

यी दुवै बैंकले ६.६ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। त्यस्तै, सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज र नेपाल एसबिआई बैंकले दिने भएको छ।

Comment


Related News

Latest News

Trending News