अपडेट 
२०८१ माघ ३०, बुधबार १९:२५

जनकपुरधाममा सुविधा सम्पन्न अत्याधुनिक होटल रोयल मिथिला बुधबारदेखि संचालनमा आएको छ ।

जनकपुरधामको शिवचोकदेखि भानुचोक जाने बाटोमा उपमहानगरपालिका कार्यालय नजिक नवीन गुप्ताले उक्त होटल संचालनमा ल्याएका हुन् । होटलको औपचारिक उद्घाटन संचालक नवीन गुप्ताका बुवा गोपाल प्रसाद साह र हजुरआमा शशिरंजनी देवी ले संयुक्त रूपमा गरेका छन् । उद्घाटन समारोहमा परिवारका सदस्य, स्थानीय व्यवसायी तथा अतिथिहरूको उपस्थिति रहेको थियो ।

होटल रोयल मिथिला ले स्वच्छ, आरामदायी तथा आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। होटलमा पार्किग र रेष्टुरेन्टको समेत व्यवस्था गरिएको र रूमहरू वेल मैनेज्ड रहेको संचालक गुप्ताले जानकारी दिएका छन् ।

सञ्चालन पक्षका अनुसार, यहाँका ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै स्थानीय पर्यटन प्रवद्र्धनमा पनि टेवा पु¥याउने उद्देश्य राखिएको छ । साथै अबको तीन महिनाभित्रै सेमिनार, मिटिङका लागि माथिल्लो तल्लामा हल निर्माण हुँदै छ ।

Comment


Related News

Latest News

Trending News