२०८१ फाल्गुन १, बिहीबार ०७:२३

सिमेन्ट उद्योगमा मूल्य समीकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ ।

सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको षड् यन्त्र भएको दाबी गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले २०८१ माघ ६ (२०२५ जनवरी १९) मा जारी पत्रमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अदालतमा उपस्थित हुन निर्देशन दिइएको छ । मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा दायर गरिएको रिटमा सिमेन्ट उत्पादकहरूले मूल्य समीकरणको उद्देश्यले मिलेमतो गरेको दाबी गरिएको छ, जसका कारण सर्वसाधारण उपभोक्ता र निर्माण क्षेत्रमा गम्भीर आर्थिक असर परेको उल्लेख छ । त्यस्तै रिटमा भविष्यमा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा साधारण शेयर ल्याउनलाई कम्पनीलाई जसरी पनि नाफामा लैजानुपर्ने भएकाले अहिले मूल्यमा कार्टेल गरिएको आरोप लगाइएको छ ।

अदालतले रिट स्वीकृत गरेसँगै सांसद अन्सारीले आफ्नो लामो संघर्षपछि महत्त्वपूर्ण कानूनी सफलता प्राप्त गरेको बताए ।

Comment


Related News

Latest News

Trending News