२०८१ फाल्गुन १, बिहीबार ०७:३९

बाराको कलैयामा चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको विस्तारित बैठक बाट जिल्ला समिति गठन गरिएको छ।

दिपेन्द्र प्रसाद यादवको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो। उपसंयोजकमा अनिशा चौधरी, सदस्यमा राजेश कुमार राम, राधे साह तेली, सुरेन्द्र चौधरी, पप्पु गुप्ता, गगनदेव राम, रंजन यादव, श्याम यादव, करिशमा चौधरी, गायत्री कुमारी राम सर्वसहमती बाट चयन गरिएको हो।

चुरे तथा वन जंगल संरक्षण अभियान नेपालको राष्ट्रिय अध्यक्ष सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा विस्तारित बैठक बाट बारा जिल्ला कार्य समिति पुनर गठन गरिएको हो। सिद्धेशवर माध्यमिक विद्यालयको प्राङ्गनमा बैठक गरिएको हो। बैठकमा विनोद अधिकारी, अनिल वर्मा, भुलावन कुमार पासवान, उपेन्द्र कुमार यादव लगायतका सहभागिता रहेको थियो।

Comment

Related News

Latest News

Trending News