२०८१ फाल्गुन २, शुक्रबार ११:०१

मधेश प्रदेशको ८ आठ जिल्ला मध्ये धनुषा र बारा जिल्ला प्रशासन कार्यालय कार्य सम्पादन मूल्यांकनमा उत्कृष्ट रहेको छ।

आर्थिक वर्ष २०८१/०८२ को दोश्रो त्रैमासिकको कार्य सम्पादन सम्झौता मूल्यांकन प्रणाली(सिपिएएस) मा धनुषा र बारा जिल्लाले ४६ औ स्थान प्राप्त गरेको गृह मन्त्रालयले प्रकाशित गरेको नतिजामा उल्लेख छ।

कार्य सम्पादन मूल्यांकन नतिजामा धनुषा र बारा जिल्ला प्रशासन कार्यालयले ४६ औं स्थान प्राप्त गर्दै प्रदेशको अन्य जिल्ला भन्दा अगाडि रहेको पाईएको छ।

कार्य सम्पादन मूल्यांकन अनुसार ७७ जिल्ला प्रशासन कार्यालयहरु मध्ये मधेश प्रदेशका रौतहट जिल्लाले ६१ औं स्थान,पर्सा जिल्लाले ६३ औं स्थान,सिरहा जिल्लाले ६८ औं स्थान प्राप्त गरेको छ।

महोत्तरी र सप्तरी जिल्लाले ६९ औं स्थान तथा सर्लाही जिल्लाले ७४ औं स्थान प्राप्त गरेको जनाइएको छ।

Comment

Related News

Latest News

Trending News