अपडेट 
२०८१ फाल्गुन ३, शनिबार १९:०१

देशभरका बाइक उत्साहीहरूका लागि रोमाञ्चक डिल र छुटहरूका साथमा यामाहा नेपालले जनकपुरधामस्थित बाह्र बिघा मैदानमा यामाहा मेगा एक्सचेन्ज कार्यक्रम सुरु गर्न लागेको छ। यहि फागुन ४ गत्तेदेखि ९ गतेसम्म ग्राहकहरूले आफ्नो पुरानो बाइक र स्कुटरलाई अविश्वसनीय फाइदाहरूसहितका ब्रान्ड न्यू यामाहा दुई पाङ्ग्रे सवारीसाधनसँग साट्न सक्ने छन्।

यसले अब आफ्नो दुई पाङ्ग्रे सवारीको अपग्रेड गर्न पहिले भन्दा झन् सजिलो र फाइदाजनक बनाएको छ। उक्त कार्यक्रम मधेश प्रदेश माननीय श्रम तथायातायतमन्त्रीदारा उद्घाटन हुनेभएको छ ।

यामाहा मेगा एक्सचेन्जमा पुरानो बाइक वा स्कुटरमा १०,०००रुपैयाँको अतिरिक्त मूल्याङ्कन पाउनुका साथै नयाँ यामाहाको खरिदमा ६,००० रुपैयाँको नगद छुटको व्यवस्था रहेको छ । साथै हेलमेट, लेगगार्ड, फुटम्याट, बाइक कभर र ब्याग लगायतका एसेसेरिजहरु फ्रिमा दिइने कम्पनीले जनाएको छ ।

एमएडब्लू राइड्सका जनकपुर क्षेत्रका क्षेत्रीय प्रबन्धक रबिन श्रेष्ठले भने, “हामी यामाहाका तर्फबाट ग्राहकहरूलाई हाम्रा उत्पादन र हामीले प्रदान गर्ने सेवाहरू दुवैको उत्कृष्ट अनुभव प्रदान गर्दछौँ। यामाहा मेगा एक्सचेन्ज कार्यक्रम यामाहामा अपग्रेड गर्न सजिलो र थप लाभदायक बनाउन डिजाइन गरिएको हो। हामी विशेष अफर र थप लाभहरूका साथ यामाहा परिवारमा धेरै राइडरहरू ल्याउन र वहाँहरूलाई हाम्रो ब्रान्डबाट अपेक्षित रोमाञ्च र विश्वसनीयता प्रदानगर्न चाहन्छौँ।”

एमएडब्ल्यू राइड्स अन्तर्गतको यामाहा नेपालको एक अग्रणी दुई पाङ्ग्रे ब्रान्ड हो जुन आफ्नो अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताको लागि प्रसिद्ध छ ।नेपालमा बलियो उपस्थितिको साथ यामाहाले नवीन उत्पादन र असाधारण आफ्टर सेल्स सेवाहरूका साथमा निरन्तर रूपमा बजारको नेतृत्व गरिरहेको छ।

Comment


Related News

Latest News

Trending News